नेपाली साहित्यका समीक्षक र कवि सुकराज दियाली पितृशोकमा
सिलगढ़ी ३ जुलाई (निस) भारतीय नेपाली भाषाका सक्रिय समीक्षाकार तथा कवि सुकराज दियाली पितृशोकमा परेका छन् । उनका पिता हर्कबहादुर पेमु दियाली 84 वर्षको उमेरमा निधन भएको छ । नागरी फार्म चियाबारीको चउर गाउँमा जन्म लिएका परिवारका मूल खाँबो हर्कबहादुर पेमु दियाली अवकाशप्राप्त कर्मचारी थिए । उनी केही दिनदेखि बुढ़्यौलीको विरामी परेर उपचारको निम्ति चार दिनअघि सिलगढ़ी ल्याइएको थियो । यसैक्रममा शनिबार विहान सात बजे सिलगढ़ीको गणेश घोष कोलोनी अवस्थित दियाली आवासमा ह्रदयघात हुँदा उनले अन्तिन स्वास लिए । स्व. दियालीको निधनको खबर पाउनेसाथ नेपाली साहित्यिक र सामाजिक क्षेत्रमा शोकको लहर छायो । स्थानीय, जिल्ला, राज्य, देश अनि विश्वभरीकै विभिन्न सङ्गठनहरू अनि व्यक्तिगतरुपमा मानिसहरूले उनको निधनमा गहिरो शोक प्रकट गर्दै उनको चिर आत्माशान्तिको कामना गरेका छन् । यसरी नै शोकित परिवारलाई यस्तो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेका छन् । स्व. दियालीले आफूपछि जेठो छोरा सुकराजलगायत तीनभाइ छोराहरु...
Comments
Post a Comment