"45 औं खलङ्गा मेला -2019" को पूर्व दिवसमा यज्ञ

      






बलभद्र खलङ्गा विकास समितिद्वारा आयोजित ऐतिहासिक भव्‍य  "45 औं खलङ्गा मेला -2019" को पूर्व दिवसमा आज "चन्द्रयानी मन्दिर, नालापानी देहरादून" मा हिजो यज्ञ -पूजन एवं विशाल भण्‍डाराको आयोजन प्रतिवर्षझैं गरिएको थियो।
      समितिका अध्‍यक्ष कर्नल डी०एस० खड़काअनुसार नालापानी पर्वतीय श्रृंखलाको सबैभन्दा उच्च शिखर जहाँ सेनानायक वीर बलभद्र थापा र उनका वीर सैनिकहरूको सुदृढ़ "खलङ्गा किल्ला" आज पनि गर्वले शीर ठाड़ो गरी उभेको छ।  सन्‌ 1814 मा गोर्खाली लगभग 600  वीर- वीराङ्गना योद्धाहरूले सेनापति बलभद्र थापाको नेतृत्‍वमा अदम्‍य साहसको परिचय दिंदै अंग्रेजहरूको आक्रमणलाई तीनटक विफल गरिदिएका थिए । यो  युद्धमा सेनानायक बलभद्र थापासित केवल 600 सैनिकहरू थिए, जसमा वीर, वीराङ्गना अनि नानीहरूसमेतले प्राचीन हतियार भरूवा बन्दुक, धनुषबाण, घुँयेत्रो, भाला र खुकुरीले लगभग 3500 भन्दा धेरै सङ्ख्याका आधुनिक हतियार, गोला बारूदसहितका अंग्रेजी सेनालाई परास्त गरेका थिए ।  आयोजक समितिका सचिव श्री जितेन्द्र खत्रीअनुसार वीर सेनानायक बलभद्र थापा एवं उनके वीर सैनिकहरू यस चन्द्रयानी मन्दिरमा प्रतिदिन पूजा -अर्चना किया गर्दथे ।  यही मन्दिरबाट उक्त सैनिक टोलीले शक्ति प्राप्त गरेकोले उनीहरू विजयी भएको विश्वास गरिन्छ । 
       यस अवसरमा खलङ्गा विकास समितिका सम्पूर्ण पदाधिकारीहरू लगायत देश विदेश बाट आएको अतिथिहरूको उपस्थिति रहेको थियो । 
वीर योद्धा बलभद्र थापाको सम्झनामा नालापानीमा शान्ति फाउन्डेशन सोसाइटी तथा वीर गोर्खा कल्याण समितिले पद यात्राको पनि आयोजना गरेको थियो।  अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा यहाँ रहेका नेपालीभाषीहरूले नालापानी किल्लामा पदयात्रामा भाग लिएका थिए। यसरी नै गोर्खा जवानहरूले खुकुरी नृत्य पनि प्रस्तुत गरे ।
नालापानी युद्धको सम्झनामा देहरादूनको खलङ्गाद्वारबाट नालापानी किल्लासम्म झण्डै पाँचसय मानिसहरूले पदयात्रा गरेका थिए।  नालापानीमा सन् १८१४ देखि १८१६ सम्म गोर्खाली र अङ्ग्रेजबीच युद्ध भएको थियो। अन्तिम पटक अक्टोबर र नोभेम्बरमा युद्ध भएको थियो। पदयात्रामा  विभिन्न स्कुल का बिद्यार्थीहरू साथै नेपाल तथा भारत का अन्य राज्यबाट पनि  सहभागी भएका थिए भने स्थानीय व्यक्तिहरुको पनि उपस्थिति थियो।

Comments

Popular posts from this blog

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

पृष्ठभूमि सिने क्रिएशन्सको लघु चलचित्र "वसन्त द मिस्ट्री बोय"को प्रिमियर कार्यक्रम

मुक्ति उपाध्याय बरालका चारवटा पुस्तकहरूको विमोचन