डा. साङ्गमु लेप्चाको बाल उपन्यास ''बन संसार'' लाई हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने

भारतीय नेपाली साहित्यकी सक्रिय नारी लेखिका डा. साङ्गमु लेप्चालाई उनको बाल उपन्यास ''बन संसार'' लाई लागि हरिप्रसाद गोर्खा राई स्मृति राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । यो पुरस्कारको रुपमा हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 207 औं भानु जयन्तीको उपलक्ष्यमा उक्त सङ्गठनका मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीले घोषणा गरेका छन् । यो पुरस्कार आगामी 9 सितम्बरको दिन दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा आयोजित तीजका भव्य कार्यक्रममा प्रदान गरिनेछ । यो पुरस्कारमा स्मृति चिन्ह, प्रमाण-पत्र, अनि नगदराशि हुनेछ । स्मरण रहोस् तीनमहीनाअघि हाम्रो स्वाभिमान ट्रस्टको उत्तरपूर्वी आञ्चालिक समितिको गठन गरिएको छ । जसमा अध्यक्ष मञ्जुला तामाङ सुब्बा, उपाध्यक्ष शरदकुमार राई, सचिव सुमित्रा अविरल, संयुक्त सचिव हेम राई, कोषाध्यक्षा देविका मंग्राती अनि अरू कार्यकारी सदस्यहरू रहेका छन् । यही समितिको सक्रियता र सङ्गठनको केन्द्रिय मूलमन्त्री अधिवक्ता प्रेम छेत्रीको पहलमा यो पुरस्कार शुरू गरिएको हो । वन्यजन्तुहरूलाई मानवीयकरण गरी तिनीहरूको जीवन...