चर्चित गायक कर्ण दासले आफ्नो गायनद्वारा पारे सबैलाई मोहित
भ्यालेन्टाइन डेको छेक पारेर "न्यु वेब म्युजिक एकेडेमी" सिलगढीले "दोस्रो विन्टर म्युजिक फेस्ट २०२०"को "फाइनल राउण्ड=ग्राण्ड फिनाले" आयोजन गरिरहेको छ। सेभोक रोड , सिलगढी अवस्थित प्लानेट मलमा आयोजित यस कार्यक्रम प्रमुख सेलेब्रेटी गायक-निर्णायकको रुपमा नेपाली सङ्गीत संसारका चर्चित गायक कर्ण दास उपस्थित छन्। अन्य निर्णायकहरूमा एजाज अली, देवाशीष मोथे, पूजन लोहागण, अनुपमा प्रधान अनि सञ्जु ठटाल थिए । मुख्य आयोजकको रुपमा रहेकी छिन् "न्यु वेब म्युजिक एकेडेमीकी हर्ताकर्ता प्रतिमा सक्रिय रहेकी छिन्। यो समारोहमा ग्यालेक्सी म्युजिक डट कमका मालिक प्रमुख अतिथिका रुपमा उपस्थित थिए । यसरी नै विशिष्ट अतिथिद्वय सङ्गीतकार गोविन्दसिंह घतानी, मणिकमल छेत्री थिए । क्रमशः अतिथिहरू दधिराम घिमिरे, दिलचन छेत्री अनि अरू अरू थिए । यो प्रतियोगिताको एकल गिटार वादनमा प्रथम , इमन बर्मण , दोस्रो , सिराज राई , तेस्रो , प्रशान्त भए। जसलाई मुख्य अतथि इमन सरकारको बाहुलीबाट पुरस्कार प्रदान गरियो। यसरी नै एकल गायनमा प्रथम निधिसिंह लकान्द्री , दोस्रो , भूमिका सरकार , तेस्रो , ...