Posts

Showing posts from November, 2019

प्लुङदुङ तरूण सङ्घ फुटबल क्वाटर फाइनल सम्पन्न

सुके पोखरी: ३० नेभेम्बर (फुर्बा शेर्पा): प्लुङदुङ तरूण सङ्घको तत्वावधानमा तरुण कप फुटवल प्रतियोगिता २०१९ आज क्वाटर फाइनलको खेल सम्पन्न भयो । प्रथम खेल फिक्कल एफसी बनाम वाईजी एफसी खरसाङबीच रोचक भिडन्त भयो । जसमा म्याचको समय अवधिभरि दुवै दलले गोल गर्न सकेनन् भने अतिरिक्त समयमा दुवै दलले एक एक गोल गरेपछि म्याच निर्णायक स्थितिमा पुग्न सकेन ।  अनन्त पेनाल्टी सुटमा फिक्कल एफसीलाई 3 को बिरूद्ध 4 गोल गरेर वाईजी एफसि खर्साङ्गले बिजय हासिल गर्दै सेमी फाईनलमा आफ्नो स्थान पक्का गरयो । आजको प्रथम म्याचमा म्यान अफ द म्याच खरसाङको वाईजी एफसीका प्रशान्त गुरूङलाई मोर्चा सुके मानेभन्ज्याङ समष्टि सभापति बुद्ध तामाङको बाहुलीबाट प्रधान गरियो। आजको कार्यक्रम संघका सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने प्रतियोगिताको निर्णायक टोलीमा धिरेन थापा , अमोश थापा , उगेन थापा , म्याच कमिश्नर साङ्गे दोर्जी शेर्पा , फोर्थ ओमपाइर पालन दर्नाल आदि रहेका छन् भने भोलिको म्याच दाजीलिङ युनाइटेड बनाम राङभाङ एफसीबीच सम्पन्न हुने  जानकारी आयोजक समिति अनि संघका सचिव राजुला शेर्पा बताएका छन् ।

मुम्बईको चिल्ड्रेन वेल्फेयर स्कूलमा गगन ज्वालाद्वारा कराते र योगासन प्रशिक्षण शुरू

Image
मुम्बई , चिंचोटी क्षेत्रमा चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलमा निःशुल्क कराते र योगासन प्रशिक्षण केंद्र शुरू गरियो ।  सुप्रसिद्ध समाज सेवक तथा खेलकूद प्रमुख गगन ज्वालाको नेतृत्वमा गिरिजाराम वेल्फेयर फाउंडेशनको सहयोगमा उक्त स्कूलका २७५ जना गरीब बालबालिकाहरुलाई गगन ज्वालाले कराते र योगासन प्रशिक्षण दिंदै यसको शुरूआत गरियो। गगन ज्वाला यस्ता नेपालीभाषी व्यक्तित्व हुन्, जसले वितेको तीन दशकभन्दा बढ़ी समयदेखि महाराष्ट्रमा गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क कराते प्रशिक्षण दिंदै आइरहेका छन् भने केही समयदेखि योगासनको प्रशिक्षण पनि दिन थालेका छन्।  यस क्रममा उनले भने, कराते जीवन रक्षक कला हो भने योगासन स्वस्थ रहने भारतीय विधि हो ।  आजभोलि यी दुवै माध्यमलाई मानिसहरूले पेशा बनाइरहेका छन् ।  मैले चाँहि यी दुवै माध्यमलाई गरीबी रेखामुनिका नानीहरूलाई निःशुल्क प्रशिक्षण दिएर उनीहरूलाई सबल बनाउने प्रयासमा जुटेको छु।  यसै क्रममा आजबाट यो स्कूलका विद्यार्थीहरूलाई निःशुल्क प्रशिक्षण दिन थालेको छु ।     उक्त कार्यक्रमका अध्यक्षको रुपमा चिल्ड्रेन वेल्फेयर इंग्लिश हाई स्कूलका संस्थापक कमाल

"भारतीय नेपाली साहित्यका निर्माता एम. एम. गुरूङ" पुस्तक विमोचन

Image
भारतीय  भाषा साहित्यका निर्माता अनि विर्सिएका संस्कृतिहरू  नामक पुस्तकका लागि अकादमी पुरस्कार विजेता स्व. मार्टिन माइकल  गुरूङका कृतिहरूमाथि विवेचित पुस्तकको विमोचन गरिएको छ।  साहित्यकार सीताराम काफ्लेको उक्त कृति "भारतीय नेपाली  साहित्यका निर्माता एम. एम. गुरूङ"  साहित्य अकादमी, दिल्लीद्वारा प्रकाशित गरिएको हो अनि यसको विमोचन, कालेबुङको बङ बस्ती स्थित स्व. गुरूङको वर्तमान आवास प्राङ्गनमा गरिएको हो।  उक्त विमोचनको अध्यक्षता नियात्राकार सलोन कार्थकले गरेका थिए। प्रमुख र विशिष्ट अतिथिका रुपमा क्रमशः साहित्यकार प्रदीप गुरूङ र समीक्षाकार डा.   इन्द्रबहादुर छेत्री उपस्थित थिए।    पुस्तकमाथि सुवास सोताङले वार्ता प्रस्तुत गरे।    पत्रकार  डी. के. वाइबाद्वारा   सञ्चालित  कार्यक्रममा अध्यक्ष अनि अतिथिद्वयले भारतीय नेपाली साहित्यमा स्व. गुरूङको योगदानमाथि   वक्तव्य दिए।   यसरी नै कृतिकारले यसलाई तयार पार्ने सम्बन्धमा स्व. गुरूङका पुस्कहरू विर्सिएका संस्कृतिहरू, घर संसार अनि टिस्टा बग्छ सधैं जस्तोमाथि विवेचना गरीएको जानकारी  आफ्नो कुरामा राखे। कार्यक्रममा स्व. गुरूङकी श्रीमती शकुन्

स्व. भवानी शर्माको दोस्रो कविता कृति ''जीवन तृष्णा''को लोकार्पण

खरसाङ 26 नोभेम्बर (किरण छेत्री) : आज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा स्व. भवानी शर्माको दोस्रो कविता कृति जीवन तृष्णा लोकार्पण गरिएको छ। भाषा संग्रामी बुद्धिमान प्रधान बमपको अध्यक्षता र युग्मककार कालुसिंह रणपहेंलीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण कार्यक्रमलाई आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन् ।  कार्यक्रममा सभाध्यक्ष , प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरू खरसाङका विधायक डा. रोहित शर्मा , साहित्यकारहरू पूर्ण गुरुङ निरूपम , जीबी बल ,   देव भण्डारी , समाज सेवक टी टी लामा र स्व. कवि भवानी शर्माकी पत्नी बसुन्धरा शर्मा आदिको बाहुलीबाट उक्त जीवन तृष्णा नामक कविता संग्रहको लोकार्पण गरियो । कार्यक्रममा स्व. कवि भवानी शर्माको जीवनी उनकी पत्नी बसुन्धरा शर्माले राखिन् । स्व. भवानी शर्माको जन्म 15 सितम्बर 1950 मा भएको थियो भने निधन 23 सितम्बर 2018 मा भएको थियो । उनी आकाशवाणीको खरसाङ र गान्तोक केन्द्रमा समाचार वाचकको रुपमा कार्यरत थिए। कार्यक्रममा कविहरू बालकृष्ण थामी ,  द्वारिका छेत्री ,  बिराज थापा ,  मदना ओझा (कालेबुङ) र उषाकिरण सत्यदर्शीले कविता पठन गरेका थिए ।  कार्यक्रममा उपस्थित स

खरसाङको पर्यटन व्यवसाय फस्टाइरहेछ

खरसाङ   25 नोभेम्बर ( निसं) : पहाड़मा पर्यटन व्यवसाय अहिले फस्टाएर गइरहेको छ। दार्जीलिङको तुलनामा खरसाङको पर्यटन व्यवसाय क्षेत्रमा निक्कै पछाड़िएको थियो। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङमा केही समयको लागि मात्रै उत्रने गर्थे भन्ने भनाइ थियो  तर अहिले त्यो भनाइ गलत साबित हुँदैछ।  अहिले खरसाङमा नयाँ नयाँ पर्यटन स्थानहरूको निर्माण र पर्यटन व्यवसाय फस्टाएर गइरहेको कारण पर्यटन व्यवसाय र पर्यटनको मानचित्रमा खरसाङले गतिलो फड्को लगाइरहेको छ। पर्यटकहरू नयाँ नयाँ पर्यटन स्थलहरूले पहाड़ आउने पर्यटकहरूलाई खरसाङमा निक्कै आकर्षित गरिरहेका छन् । खरसाङमा अहिले नयाँ पर्यटन स्थलको रुपमा विकसित भइरहेको स्थान हो- बरबुङ क्षेत्र। खरसाङ बजारको डाँड़ामा रहेको यो स्थान वरिपरिबाट हरियो चियाबारीले घेरेको छ। बजारदेखि केही मुनि रहेको एनएच 55 बाट उकालो लागेपछि अलकत्रे सड़क भएर सुन्दर मनोरम दृश्यहरू हेर्दै पुगिने स्थान हो बरबुङ। यो क्षेत्र अब विस्तारै पर्यटनको मानचित्रमा अघि बढ़िरहेको छ। यहाँ हालैमा जीटीएको तर्फबाट बनिएको हनुमानको ठूलो मूर्ति पर्यटकहरूको केन्द्रविन्दु बनेको छ। यो गतिलो हनुमानको मूर्ति उदघाट

कैजले उच्च माध्यमिक विद्यालयका पाँच स्काउट विद्यार्थी राज्यपाल पुरस्कारको निम्ति छनौट

Image
 बिजनबारी (निसं)  किताबको पाठ्यक्रम सङ्गै विद्यार्थीहरुलाई चरित्र निर्माण, देशप्रेम एवं आत्मानिर्भर  बनाउने उद्देश्यले कैजले उच्च माध्यमिक विद्यालय लागी परेको छ ।  यसै क्रममा उक्त   विद्यालयको  स्काउट त एन्ड गाइड्सका पाँचजना विद्यार्थीहरु राज्य स्तरीय पुरस्कारको निम्ति छनौट भएका छन्।  ती विद्यार्थीहरूको नाम आइ नसके पनि सम्बन्धित विभागबाट उक्त विद्यालयका पाँचजना विद्यार्थीहरु राज्य स्तरीय पुरस्कारको निम्ति छनौट भएको जानकारी दिइएको छ ।  लगभग एक दशकदेखि निरन्तर रूपमा गर्दै आएको उक्त स्काउट एन्ड गाइड्स समूहले खण्डलाई प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रमहरुमा भाग लिदै आएको स्काउट मास्टर डेबिट राईले बताएका छन् ।   मुख्य रूपमा विद्यार्थीहरुलाई देशप्रेम सङ्गै चरित्र निर्माण गराउँदै योग्य नागरिक बनाउनु स्काउट एन्ड गाइड्सको मुख्य लक्ष्य रहेको समेत उनले बताएका छन्।

२०२० को माध्यमिक परीक्षा सुदुरवर्ती रिम्बिक-लोधोमा हाइ स्कूलमा पनि हुने

रिम्बिक (निसं) आगामी वर्ष २०२० मा हुने माध्यमिक परीक्षा अब  रिम्बिक अनि लोधोमा भेकमा पनि हुने भएको छ ।  यो समाचारले स्थानीय मानिसहरू हर्षित बनेका छन्।  लामो समयदेखि स्थानीय गाउँले विद्यार्थीहरुलाई ध्यानमा राख्दै गरिएको माग अन्ततः पूरा भएको छ भने रिम्बिक अनि लोधोमा भेकका विद्यार्थीहरुले स्थानीय रिम्बिक उच्चतर माध्यमिक बिद्यालय तथा लोधोमा उच्च विद्यालयमा दिन पाउने भएका छन्।  उक्त खबरबारे लोधोमा हाइ स्कूलका प्रधान अध्यापक  निरज सुब्बाले थप जानकारी गराएका छन् ।

नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन

Image
                 दार्जीलिङ 25 नवम्बर (निसं) सिलगढ़ीमा नर्थ बेङ्गल आर्टिस्ट फोरम गिल्डको पुनर्गठन गरिएको छ ।  यसका अध्यक्ष प्रदीप दासको अध्यक्षतामा सिलगढ़ीको हासिमपाड़ामा   बसेको सभाले यो नयाँ कार्यकारी समितिको पुनर्गठन गरेको हो । स्मरण गराइन्छ, यो फोरमको गठन एक वर्ष अघाड़ि गरिएको थियो अनि यसमा अध्यक्ष प्रदीप दास र महासचिव विनय घोषको नेतृत्वमा अठतीस जना कलाकारहरू सङ्गठित भएर काम गरिरहेका थिए।   क्रमशः सदस्यहरू थपिँदै गएर अहिलेसम्म पचासभन्दा बढ़ी सङ्ख्यामा कलाकारहरूले सदस्यता लिएका छन् ।    सभामा महासचिव विनय घोषले आजसम्म फोरमले कलाकारहरूलाई अघि बढ़्न सेतुको काम गरिरहेको जानकारी गराउँदै सचिवको आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।   अन्त्यमा अध्यक्ष प्रदीप दासले आफ्नो समापन वक्तव्य राखेपछि पहिलो कार्यकारी समिति विगठन गरियो ।         दोस्रो कार्यकालको लागि कार्रकारी समिति गठन गरिने क्रममा पूर्व अध्यक्ष प्रदीप दासले आफू अन्य काममा व्यस्त रहनु परेकाले नयाँ कार्यकारी समिति सल्लाहकारको रुपमा मात्रै रहने अनि चुनाउमा नउठ्ने घोषणा गरे।  त्यसपछि तेह्रजनाको नयाँ कार्यकारी समितिका लागि गरिएको

युनाईटेड गोर्खा कम्युनिटी फोरम केन्द्रीय समिति रैली निकाल्ने

Image
दार्जीलिङ 25 नवम्बर (निसं) युनाईटेड गोर्खा कम्युनिटी फोरम केन्द्रीय समितिको आयोजनामा समितिकै सभापति बादशाह प्रधानको सभापतित्वमा गोर्खा दुःख निवारक सम्मेलन भवनको कन्फरेन्स हल,  दार्जीलिङमा आयोजन भएको सभामा लिएका प्रस्तावहरुलाई सर्व सम्मतिले मानी लिएको छ।  गोर्खा जात गोष्ठीभित्रका बिभिन्न समुदाय , जनजाति , अनुसूचित जातिबीच पारस्परिक सद्भाव एवं मैत्रिपूर्ण समझदारी जातिय एकता कायम  राख्दै  युजीसीएफले सम्पूर्ण एक्काइसवटा संघ-संस्थाहरुलाई समेटेर आफ्नो जातिय हकहित र अधिकारको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले  गठित युजीसीएफले आगमी दिनाङ्क 1 दिसम्बर 2019 आइतवारको दिन विहान 11 बजे रेल्वे स्टेशन दार्जीलिङमा सम्पूर्ण जातगोष्ठी संघ-संस्थाका सदस्यहरु आ-आफ्नो जातिय भेष-भूषामा भेला भएर युजीसीएफको एउटै ब्यानरमा शान्ति रयाली निकालिने छ भने सहभागीहरूले हात-हातमा एघार  गोर्खा जात गोष्ठीहरुलाई सरकारले जनजातिको मान्यता शिघ्र दिन पर्ने , अनुसूचित जाति जनजाति हरुको निम्ति जीटीएक्षेत्रमा रोष्टर लागू हुनपर्ने , प्रथम  सगरमाथा विजेता स्व. तेन्जिङ्ग नोर्गे शेर्पालाई भारत सरकारले भारत रत्न प्रदान गर्नु पर्ने

हाम्रो स्वाभिमानद्वारा तीन दिवसीय राष्ट्रीय सम्मलेन र योग शिविर आयोजना गरिने

Image
 नयाँ दिल्ली 25 नवम्बरः परम पूज्य स्वामीजी महाराज एवम् परम श्रद्धेय आचार्यजीको सानिध्यमा अति हर्ष को साथमा यहाँ हरु सम्पूर्ण स्वाभिमानी आमा-बुआ , दाजु भाई , दिदी बहिनिहरु लाई सूचित गर्न चाहन्छौं की हाम्रो स्वाभिमानद्वारा आयोजित विशेषत: तीन दिवसीय राष्ट्री य सम्मलेन र योग शिविर दिसम्बर 24 देखि 26 दिसम्बर 2019 सम्म पतञ्जलि योगपीठ ,  हरिद्वारमा हुन गैरहेको जानकारी प्राप्त भएको छ !     परम पूज्य श्रद्धेय आचार्य बालकृष्णज्युद्वारा परम पूज्य स्वामी रामदेवज्युको संरक्षणमा सम्पूर्ण भारतभरी बसोबास गर्ने नेपालीभाषी हरुको स्वाभिमान जागरणको उद्देश्यलाई लिएर हाम्रो स्वाभिमान संगठन स्थापित गरिएको हो । जसमा 25000  भन्दा ज्यादा नेपालीभाषी सदस्यहरू छन् ! यस संगठनले प्रत्येक नेपालीभाषी को एकता र स्वाभिमान जागरण एवं सशक्तिकरनको लागी बिभिन्न साहित्यिक , सांस्कृतिक , खेलकूद , कानूनी परामर्श , सूचना अधिकार , छात्रबृत्ति , राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मलेन आदि प्रत्येक बर्ष भारतभरी सञ्चालन राखेको छ !

भागोपको झारखण्ड राज्य कमिटि पुर्गठित

Image
झारखण्ड 25 नवम्बर (निसं) भारतीय गोर्खा परिसङघको एउटा विषेश सभा सम्पन्न झारखण्ड राज्यको राजधानी राँची अन्तर्गत डोरान्डाको झारखंड गोर्खा सँगठन भवनमा आयोजना गरियो ।   त्यहाँका बरिष्ठ बुद्धिजीवि जी.बी. राईको अध्यक्षतामा आयोजना गरिएको सभामा स्वागत वक्तब्य झारखंड गोर्खा सङ्ठनका मूल सचिव हेम कुमार सुब्बाले राखे।  उनले भागोपको महत्वमाथि खुबै प्रभावकारी वक्तब्य राखे।                मूलसचिव आकाश लामाले आफ्नो वक्तब्यमा भागोपको उद्देश्य ,   साङ्ठनिक सङ्गरचना , कार्य प्रणाली उत्तर पूर्वान्चलका समस्या र असममा NRC को समस्या बारे अवगत गराउँदै भागोपको आगामी कदम र कार्यक्रम बारे सभामा राखे । राष्ट्रिय अध्यक्ष सुकमान मोक्तानले आफ्नो सम्बोधनमा भागोपको दर्शन - नीति र भारतीय गोर्खा समाजको उत्थानमा भागोपको भूमिका माथि सभालाई प्रकाश पारे । सभामा  छलफलको क्रममा विमल राई , रिन्कु लामा , अरुण प्रधान् , सुरेन लामा , राजु प्रधान , अयोध्या राई , रबिन थापा , भीम प्रसाद राई आदिले आ- आफ्नो विचार राखे । सभामा सर्वसम्मति द्वारा झारखंड गोर्खा सङ्ठनसंग समन्वयन गरी यथाशीघ्र स्थायी समितिको निम्ति जी. बी.राई

"45 औं खलङ्गा मेला -2019" को पूर्व दिवसमा यज्ञ

Image
       बलभद्र खलङ्गा विकास समितिद्वारा आयोजित ऐतिहासिक भव्‍य  " 45 औं खलङ्गा मेला - 2019" को पूर्व दिवसमा आज "चन्द्रयानी मन्दिर , नालापानी देहरादून" मा हिजो यज्ञ -पूजन एवं विशाल भण्‍डाराको आयोजन प्रतिवर्षझैं गरिएको थियो।       समितिका अध्‍यक्ष कर्नल डी०एस० खड़काअनुसार नालापानी पर्वतीय श्रृंखलाको सबैभन्दा उच्च शिखर जहाँ सेनानायक वीर बलभद्र थापा र उनका वीर सैनिकहरूको सुदृढ़ "खलङ्गा किल्ला" आज पनि गर्वले शीर ठाड़ो गरी उभेको छ।  सन्‌ 1814 मा गोर्खाली लगभग 600  वीर- वीराङ्गना योद्धाहरूले सेनापति बलभद्र थापाको नेतृत्‍वमा अदम्‍य साहसको परिचय दिंदै अंग्रेजहरूको आक्रमणलाई तीनटक विफल गरिदिएका थिए । यो  युद्धमा सेनानायक बलभद्र थापासित केवल 600 सैनिकहरू थिए, जसमा वीर , वीराङ्गना अनि नानीहरूसमेतले प्राचीन हतियार भरूवा बन्दुक , धनुषबाण , घुँयेत्रो , भाला र खुकुरीले लगभग 3500 भन्दा धेरै सङ्ख्याका आधुनिक हतियार, गोला बारूदसहितका अंग्रेजी सेनालाई परास्त गरेका थिए ।  आयोजक समितिका सचिव श्री जितेन्द्र खत्रीअनुसार वीर सेनानायक बलभद्र थापा एवं उनके वीर सै

सुकेपोखरी: भगवान श्री सत्य साई बाबाको ९४ औं जन्मदिन पालन

सुकेपोखरी: भगवान श्री सत्य साई बाबाको ९४ औं जन्मदिनको सुअवसरमा आज सुकेपोखरी श्री सत्य साई समितिले भव्य रुपमा पालन गरियो । सुकेपोखरी मन्दिर लाइनमा अवस्थित साई मन्दिरमा साई भक्तजनहरुको व्यापक उपस्थितिमा स्वामीको जन्मदिन जयन्ती धुमधाम साथै भजन कीर्तन गरि पालन गरियो। जन्म जयन्तीको अवसरमा बिभिन्न धार्मिक कार्यक्रम सङ्गै भजन कीर्तनहरू समावेश गरिएको थियो। समितिले आफ्नो तय गरियो सेवा अनुसार बिभिन्न आध्यात्मिक कार्यक्रम अनि नारायण सेवा अनुसार आर्थिक बिपिन्न परिवारलाई भोजन, वस्त्र इत्यादि प्रदान गरिएको जानकारी समितिका वरिष्ठ सदस्य पी. बी. थापाले दिएका छन् ।

सुकेपोखरी: प्लुङदुङ तरूण सङ्घको फुटबल प्रतियोगिता

Image
सुकेपोखरी:(23 नवम्बर) प्लुङदुङ तरूण सङ्घको तत्वावधानमा तरुण कप २०१९ आजको खेलमा प्रथम खेल सेन्ट पल्स दार्जीलिङ्ग बनाम मुनाल एफ सि सोनादा माँझ समपन्न भयो जसमा सेन्ट पल्स दार्जीलिङ्गले मुनाल एफ सि सोनादालाई दुईको बिरुद्ध चार गोल गरेर क्वार्टर फाईनल मा आफ्नो स्थान पक्का गर्यो। आजको प्रथम म्याचको म्यान अफ दि म्याच सेन्ट पल्सको प्रनेस देवान जर्सी नम्बर पन्ध्रलाई गोजमूमो सुके मानेभन्ज्याङ्ग समस्टी सभापती बुद्ध तामाङ्ग को बाहुली बाट प्रदान गरियो । दोस्रो खेल रङ्गबुल एफ सि बनाम हिमालयन एस सि दार्जीलिङ्ग माँझ रोचक भिडन्त भयो। म्याच निर्णायक स्थितिमा नपुग्दा म्याच पेनल्टी किकमा परिणित भयो जसमा रङ्गबुल एफ सिले हिमालयन एस सिदार्जीलिङ्ग लाई दुईको बिरूद्ध तिन गोल गरेर बिजयी हासिल गरे दोस्रो खेलको म्यान अफ दि म्याच रङ्बुलका गोलकिपर प्रसान्त प्रधानलाई प्रादान गरियो। आज को दुवै खेलको निर्णायक टोलीमा धिरेन थापा, युगल थापा,आजन थापा थिए भने फोर्थ ओमपाइर जिग्मिला सेर्पा, म्याच कमिस्नर जेन छिरीङ्ग लेप्चा रहेको थियो भनि सधंका सचिव राजुला शेर्पा बताएका छन् ।

भष्मे युवा संस्था, को गतिविधि

         कालेबुङ जिल्ला अन्तर्गत गैरीवास सिन्कोना बारीमा नवगठित भष्मे युवा संस्थाको गतिविधि सराहनीय रहेको छ ।  विगत 5 अक्टोबर 2019 को दिन गठन गरिएको उक्त संस्थाका कार्यकर्ताहरूले क्षेत्रमा मद-मदिरा सेवनको विरूद्ध अभियान चलाइरहेका छ्न् ।  यसरी नै पढ़ाइ छोड़ेका किशोर-किशोरीहरूलाई पनि फेरि पढ़ाइमा मन लगाउने दिशामा प्रयास गरिरहेका छन् ।  युवाहरू नराम्रो काममा नलागुन्, उनीहरू खेलकूदमा संलग्न होउन्  भनेर विभिन्न प्रकारको खेलहरूको आयोजना गरेका छन्  ।  यसरी नै सङ्गीत कलामा रचि भएकाहरू त्यसैमा संलग्न होउन्  भनेर संस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका छन् ।  यी कार्यकर्ताहरूकाअनुसार  अब यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहने यी युवाहरूले निर्णय गरेका छन् । त्यस क्रममा आगामी  दिनमा चाँढ़ै आकाशवाणी खरसाङको चर्चित कार्यक्रम युवावाणी अन्तर्गत यी प्रतिभाहरूलाई प्रसारण गर्ने योजना बनाएका छन् ।  जसका लागि आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक श्री पारस आलेज्युसित कुराकानी भइसकेको छ ।  यसरी नै  साहित्य अकादमी दिल्लीको कार्यक्रम ग्रामालोक को आयोजना गर्ने चाँजो पनि मिलाइरहेको जानकारी पाइएको छ ।  यसका

डा. किङ्ग गुनु घर्ती

Image
                                   भारतको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो राज्य मिजोरम अवस्थित छ । प्राकृतिक दृष्टिकोणले यो राज्य अति नै सुन्दर पनि छ ।  यही सुन्दरताको वर्णन गर्दै डा. किङ्ग गुनु घर्तीले आफ्नो हिन्दी श्रव्य-दृश्य साङ्गीतिक कोशेली ‘ लभली मिजोरम ’ मा वर्णन गरेका छन् ।   यो राज्यमा अल्पसंख्यकको रुपमा गोर्खाहरू बसोवास गर्दछन् ।  कसैले मिजोरमका गोर्खाहरूलाई ‘ तपाईंको जात के हो ?’ भनेर सोधे ‘ हाम्रो जात गोर्खा हो ?’ भन्छन् ।   किनकि यो राज्यमा बसोवास गोर्खाहरूमा छुवाछुत, सानो-ठूलो अनि धनी-गरीबको कुनै भेदभाव छैन ।   त्यसैले यहाँका गोर्खाहरू उदारवादी अनि मानवताका गुणहरूले भरिपूर्ण छन् ।  भाषा-साहित्य, संस्कार-संस्कृतिलाई जोगाएर ल्याइआएका हुनाले यहाँ कवि गोष्ठी, भानु जयन्ती, सांस्कृतिक कार्यक्रम अनि धार्मिक अनुष्ठानहरूमा खुबै सक्रियताका साथ भाग लिन्छन् यहाँका गोर्खाहरूले ।  यसैले यो राज्यमा हाम्रो भाषा-साहित्य, संस्कार-संस्कृतिको सुरक्षा भइरहेको छ भन्न सकिन्छ ।   हाम्रो भाषा-साहित्य, संस्कार-संस्कृतिको प्रसङ्गमा मिजोरमका गोर्खाहरूले उनलाई सम्झन करै लाग्छ । 

कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ? --स्नेहलता राई

Image
                  सेवाबाट अवकाश पाए पनि                   जिन्दगीले यस संसारबाट                   अवकाश नपाएसम्म                   कर्तव्यको चक्र कहाँ अन्त हुन्छ र ?                   हो ! सेवा अवकाशपछि पनि                   जिन्दगीका शेष यात्रालाई                   जिन्दगीका हर क्षणहरूलाई                   जिन्दगीका प्रत्येक पलहरूलाई                   लक्ष्यहीन , उद्देश्यहीन र मूल्यहीन भनी                   सम्झौता नगरौं ,                   आफैलाई फगत रित्तिएको बोतल नठानौं।                   रित्तिएको बोतल नै भए पनि                   अमृत भर्न त नसकौंला                    तर ‘ समाज सेवा ’ र   ‘ कर्मयोग ’ का                   शरबत घोलेर भरौं।                   विश्राम चौतारीमा , हजुर एकैक्षण सुस्ताऔं                   थकित कायामा                   कर्तव्य ऊर्जाको ताप लगाऔं।                   अर्जुनले महाभारतको युद्धमा                   थामेको लगाम झैं                   पथभ्रष्टहरूका लगाम हातमा समाऔं                   यही लगाम समाएर समाज